नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको जिल्ला अधिवेशनको तयारी पुरा

पाेखरा | असोज १, २०७९

नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको जिल्ला अधिवेशनको तयारी पुरा

पोखरा  :  नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको सातौं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । 

 

नेकपा एमालेको भातृ जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

 

जिल्ला सम्मेलन तथा अधिवेसनको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट स्थानीय निर्वाचनमा निर्वाचित २५ जना जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम संयोजक किसान सेवा परियारले बताए । 

 

सो सम्मेलनमा कास्की जिल्लाभरका ४ सय ५६ जना प्रतिनिधिहरुको जमघट हुने संयोजक परियारले बताए । 

 

नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीका अध्यक्ष धनबहादुर विश्वकर्माले प्रत्येक तीन/तीन वर्षमा गर्नुपर्ने जिल्ला सम्मेलन ११ वर्षपछि गर्न लागेको बताए । उनका अनुसार उक्त अधिवेशन आगामी ३ गते हुनेछ । 

 

उनले संविधानमा लेखिएको हक अधिकारका लागि पार्टीमै आन्तरिक द्वन्द्ध गरिरहेको बताए ।

 

‘नेपालको संविधानमा दलितको लागि हक अधिकार लेखिएको छ, उनले भने ‘तर व्यवहारमा लागु छैन त्यसैले हक अधिकारको प्राप्तीको लागि पार्टीमा र दैनिक व्यवहारमा दबाबमूलक कार्यक्रम गर्दै  आएका छौं ।’

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्